Logo

२०८३ मंसिर ५ गते शनिवार

२०८३ मंसिर ५ गते शनिवार

एमसीसीअन्तर्गत प्रसारण लाइन निर्माण सुरु, चार जिल्लामा २५० टावर बन्ने

एमसीसीअन्तर्गत प्रसारण लाइन निर्माण सुरु, चार जिल्लामा २५० टावर बन्ने


  • 379
    Shares

    • images
    एमसीसीअन्तर्गत प्रसारण लाइन निर्माण सुरु, चार जिल्लामा २५० टावर बन्ने

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले तनहुँ र पाल्पाबाट प्रसारण लाइन निर्माणको काम अघि बढाएको हो ।

    एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको यो खण्ड ९० किलोमिटरको हुनेछ । उक्त खण्डअन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी चार जिल्लामा २५० वटा प्रसारण टावर निर्माण गरिनेछ ।

    ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त उक्त प्रसारण लाइनले देशको विद्युत् प्रसारण पूर्वाधार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यसबाट विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहज हुने र नेपालको ऊर्जा सुरक्षासमेत सबल बन्ने विश्वास गरिएको छ ।

    एमसीसीअन्तर्गतको विद्युत् प्रसारण आयोजना नेपालको विद्युत् प्रसारण क्षमता विस्तार तथा ऊर्जा आपूर्तिलाई थप भरपर्दो बनाउने उद्देश्यले अघि बढाइएको हो ।

    प्रकाशित मिति :मंसिर ५ २०८३ शनिवार - १२:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij