Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै


  • 792
    Shares

    जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
    images

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक बुधवार बस्ने भएको छ । 

    महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच एकता भएपछि बस्न लागेको यो पहिलो बैठक हो । 

    बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण, पार्टी समायोजन, लेवीलगायतका विषयमा छलफल हुने हुने बताइएको छ । 

    तीन दिनसम्म चल्ने सो बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीति प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत हुनेछ । दुवै प्रतिवेदनमाथि छलफल हुने पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलले बताए ।  

    लोसपासँग एकीकरण भएपछि केन्द्रीय समितिको समायोजन मात्र भएको प्रदेश, जिल्ला तथा स्थानीय तहमा समायोजन बाँकी छ ।

     त्यस्तै भातृ सङ्गठनहरूको समायोजन पनि बाँकी छ । केन्द्रीय समितिले त्यसको पनि टुंगो लगाउने बताइएको छ । साथै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि बाँडफाँड गरिने छ । 

    प्रकाशित मिति :आश्विन २१ २०८३ बुधवार - १०:५८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij