२०८३ आश्विन २१ गते बुधवार
काठमाडौं । नेकपा (एमाले) ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ ।
असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
गत असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेको थियो । यद्यपि स्थायी कमिटीले पूर्णता पाएको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij