Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

बजारमा सुन सस्तियो, चाँदी महँगियो

बजारमा सुन सस्तियो, चाँदी महँगियो


  • 323
    Shares

    बजारमा सुन सस्तियो, चाँदी महँगियो
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो।

    महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ। आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५० हजार २६० रुपैयाँ थियो।

    साथै, चाँदीको मूल्य भने बढेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, सोमबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७९८ रुपैयाँ कायम भएको छ। आइतबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७६४ रुपैयाँ थियो।  

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - ११:२६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij