Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

विश्वकप लिग–२ का लागि नेपालको टोली घोषणा, कप्तानी सन्दीपलाई

विश्वकप लिग–२ का लागि नेपालको टोली घोषणा, कप्तानी सन्दीपलाई


  • 617
    Shares

    विश्वकप लिग–२ का लागि नेपालको टोली घोषणा, कप्तानी सन्दीपलाई
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने खेलका लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।

    क्यानले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा सन्दीपसँगै आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्।

    यसपटक कुशल भुर्तेल भने टोलीमा परेका छैनन्। विश्वकप लिग–२ अन्तर्गत नेपालले अक्टोबर ७ देखि ओमानमा खेल खेल्नेछ।

    लिग–२ को अंकतालिकामा नेपाल हाल सातौँ स्थानमा छ। ३२ खेलबाट ११ जित र १९ हार बेहोरेको नेपालले २४ अंक जोडेको छ। शीर्ष चारमा पुग्ने लक्ष्यका लागि ओमानमा हुने खेल नेपालका लागि महत्वपूर्ण हुने देखिएको छ।

    तालिकामा स्कटल्यान्ड ४५ अंकसहित शीर्ष स्थानमा छ। अमेरिका ४३ अंकसहित दोस्रो, नेदरल्यान्ड्स ३८ अंकसहित तेस्रो र ओमान ३१ अंकसहित चौथो स्थानमा छन्। त्यसपछि नामिबिया २८, क्यानडा २५, नेपाल २४ र यूएई १८ अंकसहित क्रमशः पाँचौँदेखि आठौँ स्थानमा छन्।

     

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - ११:५९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij