Logo

२०८३ आश्विन १४ गते बुधवार

२०८३ आश्विन १४ गते बुधवार

जम्मू-कश्मीरमा जवानले सहकर्मीमाथि गोली चलाउँदा चारको मृत्यु

जम्मू-कश्मीरमा जवानले सहकर्मीमाथि गोली चलाउँदा चारको मृत्यु


  • 442
    Shares

    जम्मू-कश्मीरमा जवानले सहकर्मीमाथि गोली चलाउँदा चारको मृत्यु
    images

    काठमाडौं ।  भारतको जम्मू-कश्मीरस्थित कठुआमा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

    मंगलबार साँझ बसोहलीस्थित पावर प्रोजेक्टको सुरक्षामा खटिएका जवान अभिदेश कुमार सिंहले सरकारी एके–४७ राइफलबाट गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा सहायक कमान्डेन्ट अंकित कुमार पाण्डे, सब–इन्स्पेक्टर लक्ष्मण सिंह तथा कन्स्टेबल रफिक अहमद र सन्दीप कुमारको मृत्यु भएको छ ।

    प्रहरीले अभिदेशलाई नियन्त्रणमा लिएर पक्राउ गरेको छ । घटनापछि सीआईएसएफ मुख्यालयले छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन गर्ने प्रक्रिया अघि बढाएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार अभिदेश आफ्नी पत्नी पूजा र उनको बच्चालाई क्वार्टर गार्डमा प्रवेश गराउने विषयमा भएको विवादपछि मेस सेक्सनमा पुगेका थिए । त्यहाँ रहेका चार जवानमाथि उनले गोली चलाएको बताइएको छ ।

    भारतको गृह मन्त्रालयका अनुसार केन्द्रीय सशस्त्र प्रहरी बलमा यस्ता घटनाका पछाडि व्यक्तिगत तथा पारिवारिक समस्या, कामको तनाव, पारिवारिक विवाद र सामान्य विवादपछि आक्रोशित हुनेलगायतका कारण देखिएका छन् । गृह मन्त्रालयले यस्ता घटनाको कारण अध्ययन गर्न सन् २०२१ मा कार्यदल गठन गरेको थियो ।  

    एजेन्सी

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - ११:५४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij