Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि सुरु हुने

कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि सुरु हुने


  • 484
    Shares

    कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि सुरु हुने
    images

    काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति दुई दिन पर सारेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार अब महाधिवेशन असोज १८ गतेदेखि सुरु हुनेछ।

    यसअघि कांग्रेसले असोज १६ गतेदेखि महाधिवेशन गर्ने निर्णय गरेको थियो। नयाँ कार्यतालिकाअनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने दुलालले जानकारी दिएका छन्।

    कांग्रेसका अनुसार महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सञ्चालन भइरहेका छन् भने विभिन्न स्थानमा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया पनि जारी छ।

    देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सम्पन्न हुन बाँकी रहेको कांग्रेसले जनाएको छ।

    निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त विवरणका आधारमा बाँकी प्रक्रिया पूरा गर्न समय आवश्यक देखिएपछि महाधिवेशनको उद्घाटन मिति असोज १८ गतेका लागि सारिएको कांग्रेसले जनाएको छ।

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १३:३४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij