२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा पार्टीको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
राणा ललितपुर क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। पार्टीको आगामी महाधिवेशनका लागि विभिन्न जिल्लामा प्रतिनिधि छनोटको प्रक्रिया जारी रहेको छ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशन असोज १६ गते गर्ने मिति तय गरेको थियो। तर पछिल्लो समय बाढीपहिरोलगायतका कारण निर्धारित मितिमा महाधिवेशन गर्न कठिनाइ भएपछि केही दिन मिति सार्ने तयारी भइरहेको छ।
यसैबीच विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रमा कांग्रेसका महाधिवेशन प्रतिनिधि चयन भइरहेका छन्। महाधिवेशनको नयाँ मितिबारे पार्टीले आवश्यक निर्णय गर्ने तयारी गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij