Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

देउवा समूहले मधेसका ५ जिल्लामा तोक्यो संयोजक

देउवा समूहले मधेसका ५ जिल्लामा तोक्यो संयोजक


  • 547
    Shares

    देउवा समूहले मधेसका ५ जिल्लामा तोक्यो संयोजक
    images

    काठमाडौं । समानान्तर महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मधेस प्रदेशका ५ जिल्लामा संयोजक तोकेको छ ।

    डा। शशांक कोइरालालाई महाधिवेशन आयोजक तोकेर समानान्तर महाधिवेशन गर्ने तयारीमा जुटेको समूहले यसअघि ५५ जिल्लामा संयोजक तोकिसकेको छ । 

    संयोजकको हैसियतमा डा। कोइरालाको हस्ताक्षरमा सप्तरीमा सुरेन्द्र यादव, सिरहामा सन्तोषकुमार चौधरी, धनुषामा कोमलकान्त झा बारामा राजेश राय यादव र पर्सामा विजय कर्णलाई संयोजक तोकेर पत्र प्रदान गरीएको सम्पर्क कार्यालयले जानकारी दिएको छ । 

    समूहले असोज १५ गते वडा अधिवेशन सुरु गरेर मंसिर २१ देखि २३ गरेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - ११:१६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij