Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

फिल्म ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गतेदेखि प्रदर्शनमा

फिल्म ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गतेदेखि प्रदर्शनमा


  • 1.2K
    Shares

    फिल्म ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गतेदेखि प्रदर्शनमा
    images

    काठमाडौं । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्मको एक पोस्टर फष्टलुक्सको रूपमा सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो । फिल्मका निर्देशक वसन्त निरौला हुन् ।

    फस्र्टलुकमा पाँच पण्डव अर्थात फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, आर्यन सिक्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला देखिएका छन् । पोस्टरले क्यारेक्टर प्रस्तुत गरेको छ । पोस्टरअनुसार हरिवंश युधिस्ठिर बनेका छन् । भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन, नहकुल बनेका महेश र सहदेव बनेका सुशीललाई पोस्टरमा देख्न सकिन्छ ।

    फिल्म पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ । फिल्मले पूरै साउन्ड डल्बी एटमसमा हुनेछ । दर्शकले ‘पाँच पाण्डव’ हेर्दा फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने निर्देशक निरौलाले बताएका छन् । फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ, निर्मातामा काली रानी श्रेष्ठ हुन् । ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ ।  

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १३:११:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij