२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । अभिनेता बिराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ २’ टिजर सार्वजनिक गरिएको छ । टिजरमा बिराज भट्ट र समीर भट्टलाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ । फिल्म दसैँको अवसर पारेर यही असोज ३० गतेबाट प्रदर्शनमा आउदैछ ।
बिराज र समीरलाई केन्द्रमा राखेर तयार गरिएको टिजरमा अनुपविक्रम शाहीलाई भिलेन अवतारमा प्रस्तुत गरिएको छ । ‘१२ गाउँ २’ बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको कथा तथा पटकथा सन्तोष सरकारले लेखेका हुन् भने छायाङ्कन महेश पौडेलको रहेको छ ।
फिल्ममा बिराज, समीर, अनुपविक्रम सहित प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij