२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्मित फिल्म ‘टनेल २६ स् द कर्स बिनिथ द माउन्टेन’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा भुटानको एक जलविद्युत् सुरुङभित्र भएको हताहतीको घटनापछि उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ ।
यही असोज २३ गते अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानका हलमा एकसाथ प्रदर्शनमा आउने फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन् भने नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन् ।
फिल्मको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन् । यसमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा लगायतका कलाकारको अभिनय छ । फिल्मको छायाङ्कन दीर्घ गुरुङ र सङ्गे टी।तेन्जिङले गरेका हुन् । राजु तामाङ एक्सन निर्देशकमा छन् ।
फिल्मको प्रदर्शनबाट आएको पुरा आम्दानीको २५ प्रतिशत नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने घोषणा निर्माण टिमले गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij