Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

यस्ता छन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका एजेन्डाहरु

यस्ता छन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका एजेन्डाहरु


  • 253
    Shares

    यस्ता छन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका एजेन्डाहरु
    images

    काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।

    पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा जारी बैठकको सञ्चालन सहसंयोजक माधवकुमार नेपालले गरिरहेका छन्।

    नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संगठन निर्माण र पार्टीको आगामी कार्यदिशालगायत विषयमा छलफल भइरहेको छ। बैठकका लागि आठवटा मुख्य एजेन्डा तय गरिएको छ।

    बैठकको सुरुवात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणबाट गरिएको छ। त्यसपछि संयोजक र सहसंयोजकले वर्तमान राष्ट्रिय परिस्थिति तथा पार्टीको आगामी दायित्वबारे धारणा राखेका छन्।

    बैठकमा पार्टीको आगामी महाधिवेशन तथा विभिन्न तहका अधिवेशनको तयारी, सचिवालय र कार्यसमितिका बैठकको नियमितता तथा निर्णय कार्यान्वयनको समीक्षा गर्ने विषय एजेन्डामा छन्।

    त्यस्तै, पार्टी र जनवर्गीय संगठनको समायोजन प्रक्रिया टुंग्याउने, सदस्यता नवीकरणलाई तीव्रता दिने तथा संगठन सुदृढीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ।

    अन्य समूह तथा व्यक्तिलाई पार्टीमा समाहित गर्ने विषयसमेत बैठकको एजेन्डामा राखिएको छ। विविधतर्फ भने भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माण अभियानलाई तीव्र बनाउने विषयमा छलफल हुने जनाइएको छ।

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १४:४५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij