Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल

प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल


  • 526
    Shares

    प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार हो: महासचिव पोखरेल
    images

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् । 

    बुधवार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक तथा शासकीय अनुभवको समीक्षा नगरी समाजवाद निर्माणको लक्ष्य हासिल गर्न नसकिने बताएका हुन्। उहाँले संविधानसभाबाट संविधान जारी भएपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको नौ महिने सरकारले नाकाबन्दीको सामना गर्नेदेखि नेपाली जनतामा आशा र विश्वास जगाउने काम गरेको दाबी गरेका छन् । 

    उक्त सरकारको कामले नेपालमा वामपन्थी जनमत विस्तार गर्न महत्वपूर्ण भुमिका खेलेको उनको भनाइ छ । तर अन्य सरकारहरूले केही महत्वपूर्ण काम गरे पनि जनमत विस्तार गर्न नसकेको उनले टिप्पणी गरेका छन्। २०७४ सालमा गठन भएको शक्तिशाली सरकारले समेत वामपन्थी जनमत विस्तार गर्न नसकेको भन्दै त्यसको कारण पार्टीले गम्भीर रूपमा खोज्नुपर्ने बताएका छन् । महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनापछि एमालेको राजनीतिक जीवनमा ठूलो धक्का लागेको उल्लेख गरेका छन् । पार्टी नेतृत्वमा रहेका बेला मुलुकमा भएका ती घटनाले पार्टीको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ । 

    उनकाअनुसार त्यसपछिको राजनीतिक अवस्थालाई पार्टीले प्रतिगमनतर्फ उन्मुख भएको रूपमा विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा भू–राजनीतिक षड्यन्त्रको सामना गर्ने योजना बनाएर पार्टी अघि बढेको उनले बताएका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनमा विगतमा पार्टीले गरेका राम्रा कामको आधारमा जनमत पुनः प्राप्त गर्न सकिने अपेक्षा गरिएको भएपनि परिणाम सोचेअनुसार आउन नसकेको उनले स्वीकार गरेका छन् । 

    प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सिमित हुनु अकल्पनीय हार भएको उनको टिप्पणी छ । उनले निर्वाचनको परिणामपछि पार्टीले समीक्षा प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । निर्वाचन परिचालन कमिटीले कार्यकर्ताबाट सुझाव सङ्कलन गरी समीक्षा प्रतिवेदन तयार गरेको र त्यसपछि सचिवालय बैठकबाट पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको उनले बताएका छन्। 

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - १३:०१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij