Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

ठाकुरले ओलीलाई भने– अरु पदाधिकारी खारेज गर्नुस्

ठाकुरले ओलीलाई भने– अरु पदाधिकारी खारेज गर्नुस्


  • 64
    Shares

    ठाकुरले ओलीलाई भने– अरु पदाधिकारी खारेज गर्नुस्
    images

    काठमाडौं । नेकपा (एमाले)का नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको शैलीप्रति आपत्ति जनाएका छन् । केन्द्रीय कमिटी बैठकमा उनले महासचिवले सञ्चालन गर्नुपर्ने बैठक अध्यक्षले नै चलाएपछि रोष प्रकट गरे । 

    “बैठक तपाईं नै चलाउने हो भने अरु पदाधिकारी खारेज गर्नुस् । कृष्णगोपालजस्ता नेतालाई अपमान गर्नु राम्रो होइन,” गैरेले बैठकमा भने । 

    बैठक महासचिवले चलाउनुपर्ने धारणा राख्दा ओली र कृष्णगोपाल श्रेष्ठबीच सोमबार चर्काचर्की भएको थियो । गैरेले अध्यक्षको प्रतिवेदनलाई प्रतिवेदन भन्न नमिल्ने टिप्पणी गर्दै भने, “त्यो भाषण मात्र हो ।” 

    उनले रामबहादुर थापा (बादल) नेतृत्वको कार्यदलको प्रतिवेदन र त्यसअघिको समीक्षा प्रतिवेदनमाथि पनि छलफल हुनुपर्ने माग राखे ।

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १३:२९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij