Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एमाले बैठक लम्बियो, बुधबार सचिवालय बैठक बस्ने

एमाले बैठक लम्बियो, बुधबार सचिवालय बैठक बस्ने


  • 225
    Shares

    एमाले बैठक लम्बियो, बुधबार सचिवालय बैठक बस्ने
    images

    काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ । यसअघि बुधबार बैठक समापन गर्ने तयारी भएपनि कार्यसूचीमाथि नै नेताहरूले आपत्ति जनाएपछि केन्द्रीय समिति बैठककै बिच बुधबार बिहान सचिवालय बैठक पनि बस्ने तय भएको हो । 

    अब बिहीबार मात्रै केन्द्रीय कमिटी बैठक अन्त्य गर्न नेताहरू सहमत भएको बताइएको छ । एमालेका एक नेताले दिएको जानकारीअनुसार बुधबार बिहान सचिवालय बैठकले अहिले जारी बैठकको कार्यसूची अनुमोदन गर्ने छ । 

    एमालेले यसअघि नै ९ वटा कार्यसूची तय गरेको थियो । तर उक्त कार्यसूची अनुमोदन भने भएको थिएन ।  सचिवालयबाट कार्यसूची अनुमोदन राएर बुधबार   दिउँसो १ बजेदेखि फेरि केन्द्रीय कमिटी बैठक निरन्तर गरिनेछ ।

    सोमबारदेखि सुरु भएको बैठकमा नेताहरूले लामो समयपछि बसेको बैठकमा बोल्न चाहनेहरूलाई समय उपलब्ध गराउनुपर्ने र अहिले तय भएको समयले नपुग्ने अध्यक्ष ओलीलाई बताएका थिए ।

    महासचिव शंकर पोखरेलले यसबारे सोमबारको बैठकलगत्तै अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डु पुगेर जानकारी गराएका थिए ।  

     

     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - ११:३७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij