Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एक दिन रोकिएको नेप्से कारोबार आजदेखि सुचारु

एक दिन रोकिएको नेप्से कारोबार आजदेखि सुचारु


  • 309
    Shares

    एक दिन रोकिएको नेप्से कारोबार आजदेखि सुचारु
    images

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित शेयर कारोबार सञ्चालन हुने भएको छ ।

    नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो ।

    नेप्सेका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकोले कारोबार नियमित गर्न लागिएको हो । डेटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएपछि नेप्सेले असोज ५ गते सोमबार नियमित सेयर कारोबार स्थगित गरेको थियो ।

    एक दिन कारोबार स्थगित भएपछि डेटा हबको प्राविधिक समस्या समाधान भएको जानकारीसँगै आजदेखि सेयर बजारमा नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ ।

     

     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - ०९:४०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij