Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

राजेन्द्र महतोको पार्टीमा पहिरो, महासचिवसहित ९ जनाले दिए राजीनामा

राजेन्द्र महतोको पार्टीमा पहिरो, महासचिवसहित ९ जनाले दिए राजीनामा


  • 1.2K
    Shares

    राजेन्द्र महतोको पार्टीमा पहिरो, महासचिवसहित ९ जनाले दिए राजीनामा
    images

    काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। 

    काठमाडौंको शान्तिनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्र बुझाउँदै उनीहरूले आजैका मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन्। 

    राजीनामा दिनेहरूमा पार्टीका महासचिव केशव कुमार झा रहेका छन्। त्यसैगरी केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजुले पनि सामूहिक रूपमा राजीनामा पत्रमा हस्ताक्षर गरी आफ्नो जिम्मेवारी त्यागेका हुन्। 

    उनीहरूले राजीनामा पत्रमार्फत पार्टी नेतृत्व र अध्यक्षको सुखद भविष्यको कामनासमेत गरेका छन्।

    Keshab-Jha-resignation-letter.jpg

     

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १३:११:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij