Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

धनतेरसको रौनक : भाँडा र सुनचाँदी पसलमा ग्राहकको भीड

धनतेरसको रौनक : भाँडा र सुनचाँदी पसलमा ग्राहकको भीड


  • 302
    Shares

    धनतेरसको रौनक : भाँडा र सुनचाँदी पसलमा ग्राहकको भीड
    images

    काठमाडौं । आज धनतेरस पर्व मनाइँदैछ। तिहार सुरु हुनुभन्दा अघिल्लो दिन मनाइने धनतेरसमा सुन, चाँदी, तामा तथा अन्य धातुका नयाँ भाँडाकुँडा किन्ने धार्मिक परम्परा रहेको छ।

    धनतेरसलाई भाण्ड त्रयोदशी पनि भनिन्छ। यस दिन नयाँ भाँडाकुँडा तथा सुनचाँदीका गरगहना खरिद गरी घरमा भित्र्याउँदा धनधान्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

    धनतेरसका दिन खरिद गरिएका भाँडाकुँडामा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन पूजा गर्ने चलन छ। यसो गर्दा माता लक्ष्मी घरमा स्थिर भई बास गर्ने वैदिक सनातन हिन्दु धार्मिक मान्यता रहेको छ।

    धनतेरसको अवसरमा आज बजारका भाँडा पसल तथा सुनचाँदीका पसलमा ग्राहकको चहलपहल बढेको छ। विशेषगरी नयाँ भाँडाकुँडा र गरगहना खरिद गर्नेको भीड देखिएको छ।

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - ०९:१७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij