Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

चितवनमा कांग्रेसको वडा अधिवेशन असोज ३ र ४ गते

चितवनमा कांग्रेसको वडा अधिवेशन असोज ३ र ४ गते


  • 806
    Shares

    चितवनमा कांग्रेसको वडा अधिवेशन असोज ३ र ४ गते
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनका ९८ वटै वडामा असोज ३ र ४ गते वडा अधिवेशन हुने भएको छ।

    कांग्रेस चितवनका अनुसार अधिवेशनमा जिल्लाका २७ हजार ५ सय क्रियाशील सदस्य सहभागी हुनेछन्। शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै कांग्रेस चितवनले वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

    कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सम्बन्धित वडाको अनुकूलताअनुसार असोज ३ वा ४ गते अधिवेशन सम्पन्न गरिनेछ। वडा अधिवेशनमा युवा, महिला, विभिन्न जातीय समुदाय तथा फरक क्षमता भएका व्यक्तिको समावेशी सहभागितालाई प्राथमिकता दिइने उनले बताए।

    वडा अधिवेशनबाट जिल्लामा ३ हजार १ सय क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। उनीहरूले पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र जिल्ला कार्यसमिति चयन प्रक्रियामा सहभागिता जनाउनेछन्।

    कांग्रेस चितवनले असोज ७ गते पालिका अधिवेशन र असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १२:२४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij