Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

कांग्रेसले चार जिल्ला सभापतिको जिम्मेवारी खोस्यो

कांग्रेसले चार जिल्ला सभापतिको जिम्मेवारी खोस्यो


  • 792
    Shares

    कांग्रेसले चार जिल्ला सभापतिको जिम्मेवारी खोस्यो
    images

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन गर्न नमान्ने इतर समूहका चारजना जिल्ला सभापतिको जिम्मेवारी खोसेर नयाँ कार्यवाहक सभापति तोकेको छ ।

    पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो । जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहने दुलालले जानकारी दिएका छन् । 

    निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र रानालाई दिइएको छ । त्यसैगरी, मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाहीलाई, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई र बागलुङका सभापति जित शेरचनको जिम्मेवारी खोसेर तारानाथ पौडेललाई सुम्पिइएको छ ।

    यता, जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति बोगटीले पार्टीको महाधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित गर्न अपिल गरेका छन् ।पार्टीको वैधानिकता, नेतृत्व र विशेष महाधिवेशनसँग सम्बन्धित विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकपक्षीय रूपमा साङ्गठनिक गतिविधि अघि बढाउनु उचित नहुने जिकिर उक्त विज्ञप्तिमा गरिएको छ ।

    810930592_991707437270155_550116590990324779_n_N6dMhEPM4P.webp

     

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - ११:४३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij