Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा सञ्चालनमा

नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा सञ्चालनमा


  • 1.2K
    Shares

    नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा  सञ्चालनमा
    images

    काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेट सम्मको Pre-Recorded व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजको रुपमा पठाउन सकिने Outbound IVR (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा संस्थागत तथा व्यक्तिगत ग्राहकहरुका लागि उपयोगी हुनेछ । कम्पनीले केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षण स्वरुप सञ्चालन गरिरहेको यस सेवालाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएको हो । 

    यो एक प्रकारको सामूहिक सूचना प्रणाली हो । कुनै सूचना, परीक्षाको नतिजा वा प्रवद्र्धनात्मक सामग्री आदि धेरै व्यक्तिहरुमा पु¥याउनका लागि यो सेवा उपयोगी छ । कुनै पनि कार्यालय, व्यवसायी वा सूचना प्रवाहकर्ताले यसका लागि कल गर्नुपर्ने नम्बरहरुको सूची र सन्देश सहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराएर निश्चित प्रक्रिया पुरा गरे पश्चात यो सेवा उपलब्ध हुन्छ । 

    यस Outbound IVR सेवामार्फत कल प्राप्त गर्ने व्यक्तिको फोनमा सन्देश आउँदा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता रहेको मोबाइल वा टेलिफोन नम्बर नै कलर आईडीको रुपमा देखिन्छ । सेवा सञ्चालनका लागि इच्छुक सेवा प्रदायक वा ग्राहकले हाललाई दूरसञ्चार कार्यालय सुन्धारामार्फत निर्धारित फारम भरी यो सेवा लिन सक्नु हुनेछ ।

    सेवा प्रदायक वा ग्राहकले तोकेको नम्बरहरुमा स्वचालित रुपमा कल गर्न सकिने यस प्रकृतिको सेवाको माग बढ्दै जाने  कम्पनीको विश्वास छ । 

    यस सम्बन्धी थप जानकारी नेपाल टेलिकमको वेबसाइट https://www.ntc.net.np/post/outbound-ivr-service  मार्फत प्राप्त गर्न सकिन्छ । 

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १६:३७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij