Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

सुनको मूल्य ओरालो लाग्यो

सुनको मूल्य ओरालो लाग्यो


  • 1.6K
    Shares

    सुनको मूल्य ओरालो लाग्यो
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, मंगलबार सुनको मूल्य १० ग्रामको २ लाख ७६ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ ।

    सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ थियो ।

    यसअनुसार एक दिनमा चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो । मंगलबार १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय १ रुपैयाँ कायम भएको छ ।

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १०:४७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij