Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ, नियन्त्रणमा लिनेको संख्या ९ पुग्यो

गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ, नियन्त्रणमा लिनेको संख्या ९ पुग्यो

images

  • 624
    Shares

    गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ, नियन्त्रणमा लिनेको संख्या ९ पुग्यो
    images

    काठमाडौं । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का रहेका छन् ।

    जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ मा गरिमा भदौ २ मा मृत भेटिएकी थिइन् । घरबाट हराएको ३ दिनमा गरिमा मृत भेटिएकी थिइन् ।

    गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटना अनुसन्धानमा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीन बहादुर घलेले बताएका छन् । 

    बलात्कार र हत्यामा संलग्न आरोपी प्रदीप खड्का विद्यार्थी हुन् । 

     

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - ११:५१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij