Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

images

  • 526
    Shares

    बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ३ हजार २०० रुपैयाँले बढेको हो।

    महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार ६६५ रुपैयाँ कायम भएको छ।

    साथै, चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ९६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

    आज १० ग्राम चाँदीको मूल्य ४ हजार २५७ रुपैयाँ कायम भएको छ।

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - ११:२०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij