Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ADM तथा Emerging Sun Club अभिकर्तालाई सम्मान

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ADM तथा Emerging Sun Club अभिकर्तालाई सम्मान

images

  • 498
    Shares

    सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ADM तथा Emerging Sun Club अभिकर्तालाई सम्मान
    images

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा मधेश प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट ADM, उत्कृष्ट अभिकर्ता, Regional Manager तथा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत श्री गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश प्रमुख श्री नवराज चौधरीको आतिथ्यता रहेको थियो। कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका विभिन्न शाखाका अभिकर्ता तथा Regional Managerहरू श्री प्रमोद साह, श्री उपेन्द्र नारायण महतो लगायत विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा मधेश प्रदेश प्रमुख श्री नवराज चौधरीले कम्पनीको Sales Policy 2083/84 तथा आगामी कार्यक्रमहरूका बारेमा जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे।

    त्यसैगरी, प्रमुख बजार अधिकृत श्री गणेश चौलागाईंले अभिकर्ताहरूको हकहित, सेवा–सुविधा तथा व्यवसायिक विकासलाई प्राथमिकतामा राख्दै कम्पनीले विभिन्न नीति तथा कार्यक्रमहरू निर्माण र कार्यान्वयन गर्दै आएको बताए। उनले अभिकर्ताहरूको व्यवसायिक यात्रालाई सहज बनाउन कम्पनी सधैँ सहकार्य र सहजीकरणका लागि तयार रहेको स्पष्ट पार्दै आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनाहरूलाई निरन्तरता दिइने बताए।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालज्यूले सन नेपाल लाइफले मधेश प्रदेशमा आफ्नो छुट्टै पहिचान तथा सकारात्मक व्यवसायिक छवि निर्माण गर्न सफल भएको उल्लेख गर्नुभयो। उनले कम्पनीको यो सफलतामा मधेश प्रदेशका सम्पूर्ण अभिकर्ता, ADM तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको बताउँदै उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासका लागि विशेष धन्यवाद तथा आभार व्यक्त गरे।

    उनले आगामी दिनमा पनि मधेश प्रदेशमा बीमाको पहुँच विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने र उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club का योग्य अभिकर्ताहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मान कार्यक्रमले अभिकर्ताहरूमा थप उत्साह, ऊर्जा र आगामी दिनमा अझ उत्कृष्ट व्यवसायिक उपलब्धि हासिल गर्ने प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

    कार्यक्रमले अभिकर्ता उत्प्रेरणा, नेतृत्व विकास, व्यवसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले बीमाको पहुँचलाई थप व्यापक बनाउँदै अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक वृद्धिलाई प्राथमिकतामा राखेर आफ्नो यात्रा निरन्तर अगाडि बढाइरहेको छ।

     

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - ११:१२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij