२०८३ भाद्र ७ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङसहित नौ जनालाई मनोनीत गरेको छ ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई रहेका छन् ।
रास्वपाले पछिल्लो समय संगठन विस्तार तथा पार्टी संरचनालाई थप व्यवस्थित बनाउने क्रममा विभिन्न जिम्मेवारीहरू थप गर्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij