Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्का सर्वोच्चमा


  • 918
    Shares

    कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्का सर्वोच्चमा
    images

    काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति   शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् । 

    संस्थापन पक्षले एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको विरोधमा देउवा र खड्काले सर्वोच्चमा रिट निवेदन पुर्‍याएका हुन् । रिट दर्ताका लागि देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवण कुमार सर्वोच्च पुगिसकेका छन् । 

    नेपाली कांग्रेसको इतर समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगिसकेको जानकारी दिएका छन् । 

    निवेदनमा नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी हालै सार्वजनिक गरिएको प्रक्रिया र कार्यतालिका रोक्न ‘उत्प्रेषणको आदेश’ माग गरिएको छ । संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । 

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १४:३८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij