Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

कांग्रेस महाधिवेशन विवादबीच देउवा र शेखर कोइरालाबीच भेटवार्ता

कांग्रेस महाधिवेशन विवादबीच देउवा र शेखर कोइरालाबीच भेटवार्ता


  • 799
    Shares

    कांग्रेस महाधिवेशन विवादबीच देउवा र शेखर कोइरालाबीच भेटवार्ता
    images

    काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएका बेला निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.  शेखर कोइरालाबिच भेटवार्ता भएको छ ।

    शुक्रबार बिहान १० बजे देउवा निवास चुनदेवी पुगेर नेता डा। कोइरालाले सभापति देउवासँग करिब आधा घण्टा संवाद गरेका छन् । भेटमा पार्टीको पछिल्लो आन्तरिक राजनीति र आसन्न महाधिवेशनको विषयमा केन्द्रित रहेर कुराकानी भएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् । 

    कांग्रेसको संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । 

    तर, देउवा नेतृत्वको इतर समूहले यो कार्यतालिकाको विरोध गर्दै रोक्न अन्तरिम आदेश माग गर्दै आजै (शुक्रबार) सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ । 

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १३:४९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij