Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

रास्वपा केन्द्रीय समिति बैठक सुरु, निर्वाचन तयारीदेखि संगठन विस्तारसम्म छलफल हुँदै

रास्वपा केन्द्रीय समिति बैठक सुरु, निर्वाचन तयारीदेखि संगठन विस्तारसम्म छलफल हुँदै


  • 939
    Shares

    रास्वपा केन्द्रीय समिति बैठक सुरु, निर्वाचन तयारीदेखि संगठन विस्तारसम्म छलफल हुँदै
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । वनस्थलीस्थित घण्टी घर केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

    महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

    उनका अनुसार पार्टीको दस्तावेज अन्तर्गत स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन एवं राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

    यसैगरी साङ्गठनिक व्यवस्थापन तथा मनोनयन अन्तर्गत केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन बैठकको कार्यसूचीमा छ ।

    योजना, कार्यक्रम तथा अभियान अन्तर्गत केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा “उम्मेदवार छनोट रूपरेखा” अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन एवं  पार्टीको मुखपत्रका रूपमा “स्वतन्त्र” मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि छलफल हुने कार्यसूची छ ।

     

    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १२:५२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij