Logo

२०८३ भाद्र ५ गते शुक्रवार

२०८३ भाद्र ५ गते शुक्रवार

प्रियंका कार्कीको ‘मास्टर्नी’ आजबाट हलमा, देशभर एकल प्रदर्शन

प्रियंका कार्कीको ‘मास्टर्नी’ आजबाट हलमा, देशभर एकल प्रदर्शन


  • 344
    Shares

    प्रियंका कार्कीको ‘मास्टर्नी’ आजबाट हलमा, देशभर एकल प्रदर्शन
    images

    काठमाडौं । आजबाट एकमात्र नेपाली फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । अभिनेत्री प्रियंका कार्की निर्मित फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो ।

    यद्यपि, फिल्मले देशभरको हलका सबै शो भने पाएको छैन । किनभने ६ साता अघि प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ र केही विदेशी फिल्म  पनि प्रदर्शनमा छन् ।

    ‘मास्टर्नी’ आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागि आमाले गर्ने क्रियाकलापमा आधारित फिल्म हो । क्राइम थ्रिलररफ्यामेली ड्रमा जनरामा निर्मित फिल्ममा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापालगायतका कलाकारको मुख्य अभिनय छ ।

    आयंका फिल्मसको प्रस्तुति रहेको फिल्म सुवेन्दु घोषले निर्देशन गरेका हुन् । फिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् ।  कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ।  

     

     

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १०:४२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij