Logo

२०८३ भाद्र ५ गते शुक्रवार

२०८३ भाद्र ५ गते शुक्रवार

यस्तो छ आज तरकारी, फलफूल, सागसब्जी, मसला तथा माछालगायतको मूल्य

यस्तो छ आज तरकारी, फलफूल, सागसब्जी, मसला तथा माछालगायतको मूल्य


  • 456
    Shares

    यस्तो छ आज तरकारी, फलफूल, सागसब्जी, मसला तथा माछालगायतको मूल्य
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी, फलफूल, सागसब्जी, मसला तथा माछालगायतका कृषिउपजको मूल्य सार्वजनिक गरेको हो।

    समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो रु ९०, भारतीय गोलभेँडा रु १०० तथा स्थानीय सानो गोलभेँडा रु ४८ तोकिएको छ। टनेलको सानो गोलभेँडाको मूल्य प्रतिकिलो रु ६५ रहेको छ।

    यस्तै, रातो आलु (लाम्चो) प्रतिकिलो रु ५१, रातो आलु (गोलो) रु ५३, रातो आलु (मुढे) रु ५३, भारतीय रातो आलु रु ४० र सेतो आलु रु ३८ तोकिएको छ। भारतीय सुकेको प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो रु ७८ निर्धारण गरिएको छ।

    गाजर (लोकल) प्रतिकिलो रु १२०, तराईको गाजर रु ८०, स्थानीय बन्दा रु ५०, स्थानीय काउली रु ११०, रातो मूला रु ३०, सेतो हाइब्रिड मूला रु ३५, लाम्चो भन्टा रु ४० र डल्लो भन्टा रु ५० तोकिएको छ।

    बोडी तनेको प्रतिकिलो रु ९०, मकै बोडी रु १२०, स्थानीय तथा हाइब्रिड घिउ सिमी रु १००, टाटे सिमी रु ८० र भटमासको कोसा रु १३० निर्धारण गरिएको छ। त्यस्तै, तीते करेला रु ५०, लौका रु ६०, परवर रु ८०, चिचिण्डो र घिरौँला रु ३० तथा झिगुनी रु ६० प्रतिकिलो तोकिएको छ।

    हरियो तथा पातजन्य तरकारीतर्फ रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो रु २५०, तोरीको साग रु ११० र हरियो प्याज रु १५० निर्धारण गरिएको छ। कन्य च्याउको मूल्य प्रतिकिलो रु २८०, डल्ले च्याउ रु ४५०, राजा च्याउ रु ३३० र सिताके च्याउ रु १ हजार तोकिएको छ।

    कुरिलो प्रतिकिलो रु ५००, निउरो रु १००, ब्रोकाउली रु १६०, चुकन्दर रु ७०, सजीवन रु २५०, जिरीको साग रु ५००, सेलरी रु २५०, पार्सले रु १ हजार ५०० र पुदिना रु ५०० निर्धारण गरिएको छ। गुन्द्रुकको मूल्य प्रतिकिलो रु ३५० तथा रुख टमाटरको रु ४०० रहेको छ।

    फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३००, नेपाली केरा दर्जनको रु ३००, मालभोग केरा रु २००, कागती रु २८०, अनार रु ३५० तथा मालदह आँप रु २८० तोकिएको छ। चोसा आँप प्रतिकिलो रु २५०, हरियो तरबुजा रु ६०, जुनार रु ३००, भुइँकटहर प्रतिगोटा रु २०० र स्थानीय काँक्रो प्रतिकिलो रु ५० निर्धारण गरिएको छ।

    यस्तै, हाइब्रिड काँक्रो प्रतिकिलो रु १५, स्थानीयक्रस काँक्रो रु ५०, स्थानीय नास्पाती रु ९०, चाइनिज नास्पाती रु २००, नेपाली मेवा रु ८०, भारतीय मेवा रु १००, लप्सी रु ६०, किबी रु ४०० र अमला रु २०० तोकिएको छ। काँचो नरिवल प्रतिकिलो रु ८० र हरियो नरिवल रु १७० निर्धारण गरिएको छ।

    मसला तथा अन्य कृषिउपजतर्फ नेपाली ड्रागन फ्रुट प्रतिकिलो रु ५००, अदुवा रु २३०, सुकेको खुर्सानी रु ५५०, हरियो खुर्सानीका विभिन्न प्रकार रु ७० तथा अकबरे खुर्सानी रु २५० तोकिएको छ। हरियो धनियाँ प्रतिकिलो रु ३५० र नेपाली तथा चिनियाँ सुकेको लसुन प्रतिकिलो रु २०० निर्धारण गरिएको छ।

    माछातर्फ सुकेको माछाको अधिकतम थोक मूल्य प्रतिकिलो रु १ हजार, ताजा रहु माछा रु ३७०, बचुवा रु ३४० र छडी माछा रु ३५० तोकिएको समितिले जनाएको छ।

    समितिले निर्धारण गरेको मूल्य अधिकतम थोक मूल्य भएकाले बजारमा खुद्रा मूल्य भने गुणस्तर, आपूर्ति तथा मागअनुसार फरक हुन सक्नेछ।

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - ०८:४०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij