Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने काम भइरहेको छ: धवलशमशेर राणा (कार्यपत्रसहित)

राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने काम भइरहेको छ: धवलशमशेर राणा (कार्यपत्रसहित)


  • 421
    Shares

    राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने काम भइरहेको छ: धवलशमशेर राणा (कार्यपत्रसहित)
    images

    काठमाडौं । जय नेपाल पार्टीका सभापति डा. धवलशमशेर राणाले राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको बताएका छन् ।

    बिहीबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा राजनीतिक कार्यपत्र पेस गर्दै सभापति राणाले यस्तो बताएका हुन् ।

    ‘राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ’, राणाको कार्यपत्रमा भनिएको छ, ‘त्यसैले राष्ट्र, राष्ट्रियताको महत्त्व उजागर गर्न,नेपालको गौरवमय विरासत निरन्तर राख्न, तथा राष्ट्रवादको एजेन्डा बचाउन र बढाउन जय नेपाल पार्टीको छातामुनि हामी गोलबद्ध हुनुपर्ने ऐतिहासिक अवसर सिर्जना भएको छ ।’ 

    सभापति राणाले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रका बलियो जगमा उभिएर देश र जनताको मुद्दा र एजेन्डा इमानदारीका साथ अघि बढाउनु अपरिहार्य भएको पनि बताएका छन् । 

    उनले आफ्नो पार्टीले शान्त, समुन्नत, आत्मनिर्भर र सभ्य नेपाल निर्माण गर्ने पवित्र लक्ष्य तय गर्न, स्पष्ट नीति र कार्ययोजनाको बलमा द्रुततर गतिमा सङ्गठन निर्माण गर्ने दाबी समेत गरेका छन् । 

     

     

     

     

    images
    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १४:४५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij