Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

नेप्सेमा लगातार गिरावट

नेप्सेमा लगातार गिरावट


  • 477
    Shares

    नेप्सेमा लगातार गिरावट
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार शेयर बजार बुधबार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ को विन्दुमा झरेको हो।

    बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.७४ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.३८ प्रतिशतले घटेको छ।

    यो दिन बजारमा ११० कम्पनीको शेयरभाउ बढेको छ भने १५० कम्पनीको शेयरभाउ घटेको छ। आज १८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    बैंकिङ ०.०६, जलविद्युत् ०.०९, निर्जीवन बीमा ०.१४, अन्य ०.१२ तथा व्यापार ०.७६ प्रतिशत बढे । विकास बैंक ०.०२, फाइनान्स ०.२२, होटल तथा पर्यटन ०.३८, लगानी ०.२८, जीवन बीमा ०.३१, उत्पादन तथा प्रशोधन ०.०४, माइक्रोफाइनान्स ०.३३ प्रतिशत घटे ।

    समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको १ अर्ब ८४ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३७ करोड, उत्पादन तथा प्रशोधन ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

    हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ३.००, गुराँस लघुवित्तको २.४१ प्रतिशत मूल्य बढ्यो । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ८.४५, रिजलाइन इनर्जीको ३.३८, ग्रिन डेभलपमेन्ट बैंकको ३.०७ प्रतिशत मूल्य घट्यो । 

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १५:३१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij