Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

रवि लामिछानेले भने– ‘कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ’

रवि लामिछानेले भने– ‘कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ’


  • 316
    Shares

    रवि लामिछानेले भने– ‘कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ’
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए आफू पनि कांग्रेसमा हुने बताएका छन्।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसले आफ्नो नीति र कार्यशैलीमा सुधार गर्नुपर्ने सुझाव दिए। उनले दुर्गम तथा पछाडि परेका समुदायका व्यक्तिलाई अवसर दिएको भए आफू कांग्रेसमा हुने बताएका हुन्।

    लामिछानेले आफू महाधिवेशनको मञ्चमा प्रतिपक्षीका रूपमा एक्लै उभिएको उल्लेख गरे। तर, मुलुक र लोकतन्त्रको सवालमा राजनीतिक दलहरू एक्लिन नहुने उनको भनाइ थियो।

    सरकारको स्थायित्व र सरकार ढल्ने चर्चाबारे पनि लामिछानेले टिप्पणी गरे। उनले सरकार ढल्ने हल्ला गर्नेहरू नै सरकार नढलेपछि ‘बेहोस भएर ढल्ने’ दाबी गरे।

    लामिछानेले लोकतन्त्रलाई कुनै खतरा नरहेको भन्दै सरकार परिवर्तन आन्दोलनबाट नभई निर्वाचनबाट हुनुपर्ने धारणा राखे। ‘अब चुनावबाट मात्र सरकार फेर्ने काम गरौँ,’ उनले भने।

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - १८:०२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij