Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट


  • 960
    Shares

    नेप्सेमा दोहोरो अंकको गिरावट
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १६.४७ अंकले घटेर २,६१३ दशमलव ३३ को विन्दुमा कायम भएको छ । 

    आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५७ वटा कम्पनीको १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज व्यापारबाहेक सबै उपसूचकको मूल्य घटेको छ । जसको प्रभाव समग्र बजारमा देखिएको छ । आज सबैभन्दा धेरै निर्जिवन बीमाका लगानीकर्ताले १.२० प्रतिशतले घाटा बेहोरेको छ ।

    सोमबार केबीएल डिभेन्चरको मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढेको छ । लक्ष्मी सनराइज डिभेन्चरको मूल्य १० प्रतिशतले वृद्धि भयो । प्राइम बैंक डिभेन्चरको मूलय ८.८३ प्रतिशतले बढेको छ ।

    आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको २९ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १५:३९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij