Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

बागमती मुख्यमन्त्रीमा किरण थापालाई समर्थन गरेको पत्रप्रति राप्रपाको आपत्ति

बागमती मुख्यमन्त्रीमा किरण थापालाई समर्थन गरेको पत्रप्रति राप्रपाको आपत्ति


  • 1.1K
    Shares

    बागमती मुख्यमन्त्रीमा किरण थापालाई समर्थन गरेको पत्रप्रति राप्रपाको आपत्ति
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको पत्रमा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ।

    महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र लेख्दै उक्त पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गरेका छन्।

    गत साउन २० गते बसेको कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिमा सामेल नहुने निर्णय गरेको राप्रपाले जनाएको छ। 

    प्रदेश सरकारको सम्बन्धमा निर्णय गर्नुपरेमा अध्यक्षलाई जिम्मेवारी दिइएको छ। साथै भदौ १ गते संसदीय दलको नेतालाई अर्को निर्देशन प्राप्त नभएसम्म मतदान र समर्थन प्रक्रियामा तटस्थ बस्न निर्देशन दिइएको थियो।

    राप्रपाले ‘प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने’ र ‘अध्यक्षको उपयुक्त निर्णय वा पार्टीको अर्को निर्देशन नभएसम्म तटस्थ बस्ने’ अडान दोहोर्‍याएको छ।

    rpp_tVuQmI4Urc.jpg

     

    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १५:२७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij