Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन : नेकपा सांसद विष्ट

इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन : नेकपा सांसद विष्ट


  • 1.0K
    Shares

    इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन : नेकपा सांसद विष्ट
    images

    काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र युवा मन्त्रीहरूको कार्यशैलीप्रति असन्तोष व्यक्त गरेका छन् ।

    बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले सरकारले विगतका उपलब्धिहरूको अवमूल्यन गरेको, प्रशासनिक अराजकता फैलाएको र विलासितामा राज्यकोषको दोहन गरेको आरोप लगाएका हुन् । सांसद विष्टले सूचना प्रविधिको नारा दिएर सत्तामा आएका नयाँ राजनीतिक शक्ति र युवा मन्त्रीहरूले नै खरिद प्रक्रियामा अनियमितता गरेको दाबी गरेका छन्।

    उनले भेरी लिफ्ट खानेपानी आयोजना लगायतका विकास निर्माणका काममा भइरहेको राजनीतिक हस्तक्षेप र ठेक्का रद्ध गर्ने कार्यको तत्काल छानबिन गर्न माग गरेका छन्। युवा मन्त्रीहरूले सदनमा उत्तर दिँदा विगत ३५ वर्षलाई गाली गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै विष्टले इतिहासको सम्मान गर्न सुझाव दिएका छन्। 

    उनले भने, ‘सूचना प्रविधिको कुरा गर्ने तर ठेक्का प्रक्रिया रद्द गरेर ’हार्ड कपी’ पेस गर्न लगाउने कुन खालको पारदर्शी शैली हो ? ३५ वर्षमा केही भएन भन्नु गलत हो । ६०० मेगावाटबाट ४२०० मेगावाट विद्युत उत्पादन हुनु र देशमा सडक सञ्जालको विस्तार हुनु त्यसैको परिणाम हो । ३५ वर्षको इतिहास थाहा नभएका र लोकतन्त्रका लागि रगत नबगाएकाहरूले आज त्यही स्वतन्त्रताको उपयोग गरेर इतिहासलाई गाली गरिरहेका छन् । मन्त्रीहरू हेलिकप्टर चार्टर गरेर हिँड्ने र स्वकीय सचिवहरू स्काई भ्यान बुक गरेर सयर गर्ने कामले नयाँपनको आभास दिँदैन ।’ 

     

    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १४:२५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij