Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

अदालतको फैसलाले पनि बाँध्यो, महाधिवेशन समयमै हुन्छ : गगन थापा

अदालतको फैसलाले पनि बाँध्यो, महाधिवेशन समयमै हुन्छ : गगन थापा


  • 988
    Shares

    अदालतको फैसलाले पनि बाँध्यो, महाधिवेशन समयमै हुन्छ : गगन थापा
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको घोषणा गर्दै तोकिएकै मितिमा हुने बताएका छन् ।

    १५औँ केन्द्रीय महाधिवेशनका लागि विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिन सानेपामा आयोजित कार्यक्रममा बोल्दै थापाले अब समयको सुविधा नरहेकाले कार्यतालिका कार्यान्वयनमा सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

    सभापति थापाले पार्टीको विधान, संविधान र अदालतको फैसलाका कारण पनि असोज १६ गतेबाट महाधिवेशन सुरु गर्नैपर्ने बाध्यता रहेको उल्लेख गरेका छन्। 

    उनले भने, ‘हामीसँग अब समयको सुविधा छैन, हामी संविधान, पार्टी विधान, विशेष महाधिवेशनको निर्णय र अदालतको फैसलाबाट पनि बाँधिएका छौँ । अदालतको फैसलामा पनि असोज १६ गतेदेखि महाधिवेशन हुने भन्ने आधार बनाइएकाले हामीहरू बाँधिएका छौँ, त्यसैले थोरै समयमा धेरै काम गर्नुपर्नेछ ।’

    पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुने सभापति थापाले जानकारी दिएका छन् । 

    पार्टीभित्रको संस्थापन इतर पक्षतर्फ सङ्केत गर्दै सभापति थापाले कतिपय विषयमा असहमति जनाइरहेका नेताहरूसँग आफू निरन्तर संवादमा रहेको बताएका छन् । 

     

     

    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १५:५०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij