Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

देउवा रेफ्री बन्नुपर्नेमा जर्सी लगाएर आउनुभयो : महामन्त्री पौडेल

देउवा रेफ्री बन्नुपर्नेमा जर्सी लगाएर आउनुभयो : महामन्त्री पौडेल


  • 1.4K
    Shares

    देउवा रेफ्री बन्नुपर्नेमा जर्सी लगाएर आउनुभयो : महामन्त्री पौडेल
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको भूमिका र हालै सम्पन्न इतर समूहको राष्ट्रिय भेलाप्रति असन्तुष्टि जनाएका छन् ।

    सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री पौडेलले देउवा निष्पक्ष अभिभावकको भूमिकामा रहनुपर्ने भए पनि एउटा समूहको पक्षमा उभिएको आरोप लगाए ।

    ‘हामीले शेरबहादुर दाइ रेफ्री भएर फर्कनुहुन्छ भन्ने अपेक्षा गरेका थियौँ, उहाँ कसैको जर्सी लगाएर फर्कनुहुन्न भन्ने थियो,’ पौडेलले भने, ‘सभापतिको नेम प्लेट राख्दैमा कोही सभापति हुने होइन, व्यवहार पनि त्यस्तै हुनुपर्छ ।’

    उनले पार्टीको नेतृत्वले कुनै एउटा समूहको पक्षपोषण गर्नुभन्दा समग्र पार्टीको संरक्षण गर्नुपर्ने बताए । पार्टी जोगिए मात्रै सबैको सुरक्षा हुने भन्दै पौडेलले आन्तरिक विवादमा अपमानजनक शैली प्रयोग नगर्न आग्रह गरे ।

    यसैबीच, डा. शशाङ्क कोइरालाको संयोजनमा सम्पन्न इतर समूहको राष्ट्रिय भेलालाई महामन्त्री पौडेलले अवैधानिक भएको टिप्पणी गरेका छन् ।

    उनले पार्टीले आधिकारिक रूपमा नचिनेको भेलाबाट भएका निर्णयहरू नेपाली कांग्रेसका आधिकारिक दस्ताबेज बन्न नसक्ने दाबी गरे ।

    ‘पार्टीले चिन्दै नचिनेको भेलाले गरेका निर्णय पार्टीका कागजात हुन सक्दैनन्,’ पौडेलले भने, ‘त्यो राष्ट्रिय भेलाबाट आएका कुनै पनि दस्ताबेज नेपाली कांग्रेसका दस्ताबेज होइनन् ।’

    महामन्त्री पौडेलको यो भनाइसँगै कांग्रेसभित्र सभापति, समूहगत गतिविधि र पार्टीको आधिकारिक निर्णय प्रक्रियालाई लिएर आन्तरिक बहस थप चर्किएको छ ।

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १७:२६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij