२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले क्लब अचिभर्स इभेन्ट २०८३ भव्यताका साथ सम्पन्न गरेको छ।
ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौंमा आयोजित उक्त समारोह देशभरका शाखा तथा उपशाखा कार्यालयहरूमा आबद्ध भई क्लब योजनामा सफलता हासिल गर्न सफल बीमा सल्लाहकारहरूको सम्मान तथा प्रोत्साहनका लागि लक्षित गरिएको थियो।
उक्त विशेष कार्यक्रममा कम्पनीको सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज के।सी। तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरि देशका विभिन्न स्थानबाट पाल्नु भएका क्लब सदस्यता प्राप्त गर्न सफल बीमा सल्लाहकारहरूमा न्यानो अभिवादन टक्रयाउँनुका साथै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स प्रति देखाएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा उनीहरुले पुर्याएको अतुलनीय योगदान प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे ।
कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू प्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने बताए ।
कम्पनीले आर्थिक वर्ष २०८२\८३ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब , आकाश क्लब, ग्यालेक्सी र कसमस क्लबका योजनाहरु प्रस्तुत गरेको छ।
क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम बीमाशुल्कको लक्ष्य तोकिएको हुन्छ । तोकिएको लक्ष्य हासिल गर्न सफल बीमा सल्लाहकारहरू क्लबको सदस्यता प्राप्त गरी कार्यक्रममा सहभागी हुन्छन्।
सबै क्लब सहभागीहरू तथा देशभरबाट वैयक्तिक कोड र टीम व्यवसाय अन्तर्गत उत्कृष्ट ३ मा पर्न सफल वीमा अभिकर्ताहरुलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।
हाल इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २७ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा सक्रिय रुपमा कार्यरत रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij