Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

रास्वपाको क्यान्डिडेट क्लबमा आवेदनदेखि छनोटसम्मको प्रक्रिया यस्तो छ

रास्वपाको क्यान्डिडेट क्लबमा आवेदनदेखि छनोटसम्मको प्रक्रिया यस्तो छ


  • 1.1K
    Shares

    रास्वपाको क्यान्डिडेट क्लबमा आवेदनदेखि छनोटसम्मको प्रक्रिया यस्तो छ
    images

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट गर्ने उद्देश्यसहित पार्टीले सोमबारदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गरेको हो ।

    साउन १३ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको उपस्थितिमा ‘क्यान्डिडेट क्लब’ घोषणा गरेसँगै आवेदन प्रक्रिया सुरु गरिएको हो ।

    रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ‘स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ तयार गरेको छ । महामन्त्री विपिन कुमार आचार्यले तयार पारेको उक्त रूपरेखाअनुसार उम्मेदवार बन्न चाहने आकाङ्क्षीहरूको योग्यता, क्षमता र पारदर्शी मूल्यांकनका आधारमा तीन चरणको प्रक्रिया अपनाइनेछ ।

    पहिलो चरणमा इच्छुक व्यक्तिले अनिवार्य रूपमा ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ । यस चरणमा आकाङ्क्षीहरूको व्यक्तिगत पृष्ठभूमि, विज्ञता, अनुभव र आधारभूत योग्यताको विवरण संकलन तथा परीक्षण गरिने रास्वपाले जनाएको छ ।

    पार्टीले स्थानीय तह निर्वाचनका लागि दुई प्रकारका ‘क्यान्डिडेट क्लब’ बनाएको छ । जसमा पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्लब रहेका छन् ।

    क्लबमा सहभागी हुन नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, रास्वपाको विधान तथा उम्मेदवार छनोटसम्बन्धी मान्यताअनुसार संवैधानिक तथा कानुनी योग्यता, पार्टी विधानअनुसारको योग्यता, थप प्रणालीगत योग्यता र अनिवार्य स्वघोषणा पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    रास्वपाका अनुसार दोस्रो चरणमा ‘लिडरसिप एकेडेमी’ मार्फत प्रशिक्षण दिइनेछ भने तेस्रो चरणमा छनोट रूपरेखामा आधारित परीक्षण गरिनेछ । यस प्रक्रियाबाट स्थानीय तह निर्वाचनका लागि सक्षम र जिम्मेवार उम्मेदवार छनोट गर्ने पार्टीको लक्ष्य रहेको छ ।

     

     
     

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १६:३३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij