Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

निर्जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क १९ अर्ब ६३ करोड नाघ्यो

निर्जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क १९ अर्ब ६३ करोड नाघ्यो


  • 1.2K
    Shares

    निर्जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क १९ अर्ब ६३ करोड नाघ्यो
    images

    काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेका छन् ।

    कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कुल १९ अर्ब ६३ करोड ७६ लाख ५० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका हुन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ दशमलव ७७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीहरुले १८ अर्ब ५ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए ।

    समीक्षा अवधिमा सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन १० दशमलव ७२ प्रतिशतले वृद्धि भएको हो ।

    त्यस्तै, दोस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको बीमाशुल्क संकलन अघिल्लो वर्षको तुलनामा ९ दशमलव ७४ प्रतिशतले बढेको छ ।

    तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको बीमाशुल्क संकलन २ दशमलव ९२ प्रतिशतले बढेको हो ।

    यस अवधिमा शिखर इन्स्योरेन्सले १ अर्ब ९५ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ९४ करोड र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

    त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ४५ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३३ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब १५ करोड र नेपाल इन्स्योरेन्सले १ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।

    सानिमा जिआइसी इन्स्योरेन्सले ८३ करोड ३० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ६९ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।

    समीक्षा अवधिमा दुई वटा निर्जीवन बीमा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको छ ।

    नेशनल इन्स्योरेन्सले ५६ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले कम हो ।

    त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २३ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको बीमाशुल्क संकलन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले घटेको छ ।

    f6afa124-7486-48c2-b932-161d793970ac.png

    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १७:२८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij