Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

एकतावद्ध भएर अगाडि बढ्न डा. कोईरालाको आग्रह

एकतावद्ध भएर अगाडि बढ्न डा. कोईरालाको आग्रह


  • 687
    Shares

    एकतावद्ध भएर अगाडि बढ्न डा. कोईरालाको आग्रह
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि सबै पक्ष एकतावद्ध हुनुपर्नेमा जोड दिएका छन् ।  

    आईतवार काठमाडौंमा संस्थापन इतर पक्षले गरेको राष्ट्रिय भेलालाई समापन गर्दै उनले पार्टीको आन्तरिक एकता र सुदृढीकरणमा जोड दिएका हुन् । सम्मेलनले पारित गरेका पाँचबुँदे प्रश्तावहरूप्रति ऐक्यवद्धता जनाउँदै डा. कोईरालाले सहभागीहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि यस्ता सांगठनिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

    उनले भने, ‘यो सम्मेलन एकताको लागि आयोजना गरिएको हो । यही एकताका कारण आज हामी एकै ठाउँमा उभिएका छौँ र भोलिका दिनमा पनि एकतावद्ध भएर अघि बढ्नुपर्छ । तपाईंहरूले पारित गर्नुभएका पाँचवटै बुँदाप्रति धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु । मलाई संयोजकको जिम्मेवारी दिनुभएकोमा पनि आभार व्यक्त गर्दछु । शुरुमा यो जिम्मेवारी पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने लागेको थियो तर आज यो सम्मेलन सफल भएकोमा खुशी लागेको छ । यसको सफलता मेरो कारणले होइन, तपाईंहरूको सहभागिता, सहमति र सहयोगका कारण सम्भव भएको हो ।’

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १४:५८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij