Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

यस्तो छ कांग्रेसको इतर समूहको राष्ट्रिय भेलाबाट पारित ५ बुँदे प्रस्ताव

यस्तो छ कांग्रेसको इतर समूहको राष्ट्रिय भेलाबाट पारित ५ बुँदे प्रस्ताव


  • 988
    Shares

    यस्तो छ कांग्रेसको इतर समूहको राष्ट्रिय भेलाबाट पारित ५ बुँदे प्रस्ताव
    images

    काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला ५ प्रस्ताव पारित गर्दै सकिएको छ । भेलाले पार्टीको आगामी महाधिवेशन, धार्मिक पहिचान र संविधान संशोधन लगायतका विषयमा बुँदे प्रस्ताव पारित गरेको हो । 

    भेलाले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम १५ औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन सम्पन्न हुने र उनकै नेतृत्वमा पार्टी एकताबद्ध हुने विश्वास भेलाले व्यक्त गरेको छ। 

    महाधिवेशनसम्म पार्टीका नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकहरूले संयोजन गर्ने निर्णय भएको छ।

    भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ। हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई आत्मसात् गर्दै धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव सुनिश्चित गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ। सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा राष्ट्रलाई अघि बढाउने भेलाको निर्णय छ । 

    वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइरालाले अवलम्बन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई भेलाले पुनः स्मरण गरेको छ। वर्तमान असहज परिस्थितिमा राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी अघि बढ्ने निर्णय गरिएको छ।

    वर्तमान संविधानमा देखिएका कतिपय अस्पष्टता र जनअपेक्षालाई सम्बोधन गर्न आवश्यक संशोधनका लागि कांग्रेसले पहल गर्ने भएको छ। संविधानमा व्यवस्था भए अनुसार नै सबै पक्षसँग संवाद गरी निकास दिने प्रस्ताव भेलाले पारित गरेको छ।

    dr-mahat3_page-0001_hnSkPAPR32.jpg

     

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १४:२७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij