Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

कांग्रेस इतर समूहको भेलामा विवाद, धर्मको विषयमा निधि र महतबीच मञ्चमै खोसाखोस

कांग्रेस इतर समूहको भेलामा विवाद, धर्मको विषयमा निधि र महतबीच मञ्चमै खोसाखोस


  • 1.1K
    Shares

    कांग्रेस इतर समूहको भेलामा विवाद, धर्मको विषयमा निधि र महतबीच मञ्चमै खोसाखोस
    images

    काठमाडौं । नेपाली कांग्रेसको इतर समूहद्वारा आयोजित तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर शीर्ष नेताहरूबीच विवाद देखिएको छ ।

    सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भएको समापन सत्रमा निर्णयहरू सार्वजनिक गर्ने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच भनाभन भएको हो ।

    भेलाबाट पारित निर्णय वाचन गर्ने तयारी भइरहेका बेला प्रस्तावमा समेटिएको ‘धर्म’ सम्बन्धी वाक्यलाई लिएर दुई नेताबीच मतभेद भएको थियो । विवाद बढ्दै जाँदा मञ्चमै निर्णय लेखिएको कागज खोसाखोस भएको दृश्यसमेत देखिएको थियो ।

    डा. महतले निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राखेका थिए । तर निधिले उक्त शब्दावलीप्रति असहमति जनाउँदै त्यसलाई परिमार्जन गरेर ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान राखेका थिए ।

    कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेकै बेला केही समय दुई नेताबीच विवाद भएको थियो । मञ्चमै विवाद बढेपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए ।

    देउवाको निर्देशनपछि डा. महतले तयार पारेको ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा नै वाचन गरिएको थियो ।

    यसअघि समापन समारोहमा सम्बोधन गर्दै देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु धर्म मान्ने भए पनि सबै धर्मप्रति सम्मान रहेको बताएका थिए । उनले देशमा धार्मिक स्वतन्त्रता कायम हुनुपर्ने धारणा राखेका थिए ।

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १४:२०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij