Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


  • 869
    Shares

    सुनचाँदीको मूल्य बढ्यो
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार बजारमा आज सुनको मूल्य तोलामा तीन हजार ६०० र चाँदी ५० ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी चार हजार ६६० मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १३:०५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij