२०८३ भाद्र ४ गते बिहिवार
कमठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकता भएपछि २७९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। महन्थ ठाकुर नेतृत्वको लोसपासँगको एकतापछि जसपा नेपालले एकीकृत पार्टीको नयाँ केन्द्रीय संरचना निर्माण गरेको हो।
नयाँ संरचनाअनुसार महन्थ ठाकुरलाई संरक्षक तथा उपेन्द्र यादवलाई अध्यक्षको जिम्मेवारी दिइएको छ। ३३ सदस्यीय पदाधिकारी संरचनामा शरत्सिंह भण्डारी सहअध्यक्ष तथा रकम चेम्जोङ वरिष्ठ नेता रहेका छन्।
उपाध्यक्षमा उमाकान्त चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणुकुमारी यादव रहेका छन्। महासचिवमा प्रकाश अधिकारी, लालबाबु राउत र डा. सुरेन्द्र झालाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, उपमहासचिवमा जयनुल राइन, दीपक कार्की, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लीलादेवी सिटौला रहेका छन्। पार्टीको सचिवमा ११ जना रहेका छन् भने कोषाध्यक्षको जिम्मेवारी सुरिताकुमारी साहलाई दिइएको छ।
जसपा नेपालको नयाँ कार्यकारिणी समिति २९ सदस्यीय रहेको छ। २७९ सदस्यीय केन्द्रीय समितिमा लोसपाबाट मात्रै ११० जना सदस्य समेटिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij