Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा ५ प्रतिवेदन परिमार्जनसहित पारित

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा ५ प्रतिवेदन परिमार्जनसहित पारित


  • 897
    Shares

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा ५ प्रतिवेदन परिमार्जनसहित पारित
    images

    कमठमाडौं  । नेपाली कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला) समूहले राजधानीमा गरिरहेका राष्ट्रिय भेलामा प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् । 

    गत शुक्रबारबाट काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी राष्ट्रिय भेलामा शनिबार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए । 

    भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले पेस गरेको साङ्गठनिक प्रस्ताव, एनपी साउदले पेस गरेको समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव, डा। प्रकाशशरण महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन् ।

    शनिबार प्रस्तुत भएका प्रस्तावमाथि राष्ट्रिय भेलामा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो । समूहका टोली नेताले ती प्रस्तावमा के के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राखेका थिए ।  

     

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १२:२८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij