Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

इतिहासबाट बिदा हुन लागेका पुराना शक्तिहरू फेरि फेरि जुर्मुराउन थाले: पूर्वप्रधानमन्त्री भट्टराई

इतिहासबाट बिदा हुन लागेका पुराना शक्तिहरू फेरि फेरि जुर्मुराउन थाले: पूर्वप्रधानमन्त्री भट्टराई


  • 1.2K
    Shares

    इतिहासबाट बिदा हुन लागेका पुराना शक्तिहरू फेरि फेरि जुर्मुराउन थाले: पूर्वप्रधानमन्त्री भट्टराई
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहको बर्षदिन पुग्नलाग्दा इतिहासबाट बिदा हुन लागेका पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।

    उदीयमान नयाँ शक्तिहरू चौबाटोमा अलमलिए जस्तो देखिएकाले पुराना शक्तिहरू फेरि जुर्मुराउन थालेको उनको बुझाइ छ।

    उनले भनेका छन्, ‘अर्कोतिर, बाह्य रूपमा झन् मडारिँदै गइरहेको भूराजनीतिक बादल र आन्तरिक रूपमा सतहमुनि लामो समयदेखि पुत्पुताइरहेको अर्थराजनीतिक र सामाजिक–सांस्कृतिक ज्वालामुखी कुनै पनि बेला विस्फोट हुनसक्ने खतरा अरू प्रबल बन्दै गइरहेछ।’

    देश र जनताप्रति प्रतिबद्ध सबै शक्तिहरूले विश्व इतिहास र आफ्नै इतिहासबाट सिकेर आआफ्नो भूमिका जिम्मेवारपूर्ण ढङ्गले निर्वाह गर्नु जरुरी रहेको उल्लेख गरेका छन्।

    उनले थपेका छन्, ‘त्यसनिम्ति पुराना शक्तिहरूले इख साँध्ने ढङ्गले हलो अट्काएर गोरु चुट्ने तरिका अपनाउने हैन इमान्दारपूर्ण आत्मसमीक्षा गर्नु र नयाँ सत्ताधारीहरूले अहङ्कार पूर्ण तरिकाले एक्लै आकाश थाम्न खोज्ने हैन विनम्र र संयमपूर्ण ढङ्गले सबैको साथ लिएर राज्यको दायित्व पूरा गर्नु श्रेयस्कर हुनेछ। अन्यथा गर्नु यो सङ्गिन ऐतिहासिक घडीमा देश र जनताको निम्ति निकै जोखिमपूर्ण र घातक हुनेछ।’

    समाज परिवर्तन गर्नु र लोकतान्त्रिक ढङ्गले राज्य सञ्चालन गर्नु एकल दौड नभएको टिप्पणी गरेका छन्।

    प्रकाशित मिति :श्रावण ३० २०८३ शनिवार - १४:३४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij